विगत केही समयदेखी विश्व कोरोना भाईरस जस्तो महामारीको चपेटामा परेको छ । यतीबेला यसको रोकथामका लागी अन्तराष्ट्रीय स्तरबाट नै लकडाउनलाई एकमात्र विकल्प भन्दै रोगबाट प्रभावीत अधीकाशं देशले पूर्ण रुपमा लकडाउन गरेका छन । तसर्थ यस्तो बेलामा घरमै बसेर गरीने खानपिन लगायत मानिसहरुको दैनिकीले के कस्तो खालको असर पार्द्छ..?स्वस्थ जीवनशैलीका लागी घरमै बसेर पनी के कस्ता क्रीयाकलापहरु मार्फ़त स्वास्थ रहन सकीन्छ योग तथा प्राकृतिक चिकित्सक डा.मनोज ढकालको भनाई जस्ताको तस्तै
अहिले यो लकडाउनको अबस्थामा मानिसलाई मुख्यत २ वर्गमा बिभाजित गर्न सकीन्छ । हुने खाने सम्पन्न परिवार र गरिब जसलाई छाक टार्न नि गारो हुने बिपन्न परिवार। तर अहिले सामाजिक सन्जाल देखिएका तस्बिरले यो दर्साउछ कि जति गरिब खाना नपाएर जे भेट्यौं त्यही खाने मात्र रोग को शिकार हुने होईन,हुने खाने सम्पन्न परिवार नि रोगको शिकार हुनबाट बन्चित भने हुने छैनन खानाको परिकारसंगै रोगको परिकार मात्र फरक हुनेछ । सम्पन्न परिवारलाई धनी रोग जस्तो कि मधुमेह, मुटुको रोग र उच्चरक्तचाप जस्ता कैयौ दीर्घकालीन रोगका शिकार हुने छन भने गरीबीका रोगहरू गरीबीसँग सम्बन्धित रोगहरू पनि भनिन्छ,त्यस्ता रोगहरू हुन् जुन कम आय भएको जनसंख्यामा बढी प्रस्ट हुन्छ। तिनीहरूले संक्रामक रोगहरू, साथै कुपोषण र खराब स्वास्थ्य व्यवहारसँग सम्बन्धित रोगहरू समावेश गर्दछ।
अहिले तथ्यांक हेर्ने हो भने मृत्युदर धेरै दीर्घकालीन रोग नै छ। अमेरिकामा दैनिक २३३५ भन्दा बढी त मुटुको रोगले मात्र मर्ने गरेको छन। जो अहिले कोरोना संक्रमण भएर दैनिक मर्नेहरु भन्दा मुटुको रोग ले दैनिक मर्नेहरु नै धेरै छन। त्यसै गरि मधुमेह पनि मुटु रोग र क्यान्सर पछि तेस्रो नम्बरमा आउछ।
यसले प्रष्ट देखाउँछ कि अमेरिकी दैनिक ४,५ हजारसम्म त दीर्घकालीन रोगको कारण मृत्यु हुने गरेको छ। तर हामीहरु यो ४,५ हजारलाई अनदेखा गरेको अवस्था छ यसमा कसैलाई चासो छैन। फेरि कोराना लागेर मर्ने नि यी ४,५ हजार मध्येकै हुन। विश्वमै हेर्ने हो भने ९८ प्रतीशतभन्दा बढी कोरोनाको कारण मृत्यु हुने नै यहि दीर्घकालीन रोगले नै हो । यसले के पुस्टि गर्छ भने मृत्यु कोरनाको कारण मात्र नभएर दीर्घकालीन रोगले भएको हो। कोरना त एउटा ट्रीगर फाय्क्टर मात्र हो। भन्छ्न नि बलेको आगो मा घ्यु थप्ने हो कोरना ले तेहि काम गरेको हो। बलेको आगो त दीर्घकालीन रोग हो। त्यसैले कोरनाको संक्रमण घटाउन र यसको असर रोक्न दीर्घकालीन रोग न्यूनीकरण गर्नु र यसको समाधान खोज्नु नै मेडिकल क्षेत्र कै अर्को ठुलो उपलब्धि हुनेछ। तर अहिले दीर्घकालीन रोग कम गर्न त्यती सजिलो छैन । भन्नूको मुख्य तात्पर्य यो हो कि अबको कहि बर्ष हामी दीर्घकालीन रोग न्यूनीकरणको लागि कहिँ पाईला चाल्नुपर्छ ।
जो निकै सजिलो पनि छ। तपाइँ हामी अाफैले केही सावधानी अपनाए मात्र दीर्घकालीन रोगबाट बच्न सक्छौं ।फेरि यहाँ कोरनालाई सामान्य भन्न खोजीएको होईन कोरना खतरा छ। किनकी हाम्रो हरेक घरमा कोहि नि कोहि दीर्घकालीन रोगको बिरामी त छ नै । उहाँको स्वास्थ को लागि भए नि हामीले कोरनाबाट बच्ने सावधानी अपनाउनु नै उत्तम हुन्छ।
लकडाउनको खानपिन र दीर्घकालीन रोगको के सम्बन्ध छ त ?
हामी सबैलाई थाहा भएकै कुरा हो कोरना संक्रमणबाट मृत्यु हुने नै मुटुको रोगी, मधुमेह , दम, किड्नी रोगी,अटो इम्युन डिसअडर जस्ता कैयौ दीर्घकालीन रोगि नै छन। त्यसैले अब यो बुझ्न् जरुरी छ कि दीर्घकालीन रोग किन हुन्छ ? दीर्घकालीन रोगको एउटा मात्र मुख्य कारण खानपिन र जिबनसैली को अनियमिता हो, अझ भनौं भने बिलासि जीवन ..अहिले मानिसहरु आफ्नो काम आफै गर्ने कमि भएको छ । तेसै फास्ट फुड र होटेलकै चिल्ला र विभिन्न रसायन हालेर बनाएकै खाना र फ्रीजमा राखेका खानामा रमाउन थालेका छौं । धेरै गुलियो धेरै चिल्लो र धेरै चिसो खानाहरुको फलस्वरूप नै हामी मधुमेह , मुटुरोग , दम जस्ता कहौ एस्ता खतरनाक रोगको सिकार हुन पुगेका छौं । त्यस्तै अहिले सब परिवार भएको समयामा लकडाउनको उपयोग भनौ वा दुरुपयोग गर्दै मुख्य त धनी मानिसहरु धेरै पकवान बनाएर धेरै तेल ,चिनी प्रयोग गरेका खानाहरु खादै फेसबुकमा तस्वीरहरु राखेको अवस्था छ,जो मानव शरीरको लागि निकै हानिकारक छ। यस्तो हुदैछ कि कोरनाबाट बच्ने बहानामा झन हामी दीर्घकालीन रोगको माहामारीलाई निमन्त्रणा गर्दैछौँ ..? यो समय त हामिले साधा साधारण खाना खाएर पाचन प्रणालीलाई आराम दिने समय हो। हामी जति जति मिठो र चिल्लो खाने बानी गर्छौ त्यती नै रोगको सिकार हुन्छौं । यो समयमा तातो र झोलिलो पदार्थहरु र साग सब्जि विभिन्न घरेलु मसला जस्तो कि मेथी, बेसार ,अदुवा, लसुन , तुलसी जस्ताले बनाएको सुप र झोल खानु नै बुद्धिमानी हुन्छ।
त्यसै गरि अर्को पाटोमा गरिबहरु खान नपाउने अवस्था छ । जे भेटिन्छ त्यही खाने अवस्था छ् । सरकारले गरिबहरुको समस्यालाई केन्द्रित गर्न नसकेको अवस्था छ। कोहि खान नपाएर मर्ने अबस्थामा छ त अहिले कोहि धेरै खाएर । लकडाउन मात्र केन्द्रित नभई यो विषयमा नि केही सोच्ने आवश्यक देखीन्छ ।
लकडाउन मा घर मा बसेर के के गर्ने ?
१. बिहान उठेर योग, प्रणयम मेडिटेसन र विभिन्न कसरत, ब्यायाम गर्ने बानी बसाल्ने।
२.विभिन्न फलफुल र सागसब्जीको सुप वा जुस बनाएर पिउने
३.करेसाबारीमा फुलसँग सब्जि तरकारी रोप्ने ।
४.कतीपय समय दिमागको शक्ति बढाउने खेल खेल्ने जस्तो कि चेस, कार्ड ।
५. किताबहरु पढ्ने, आफ्नो समस्या घर परिवारमा साट्ने,माया बाढ्ने।