काठमाडौ/साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ । घिमिरेको घर हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यले उहाँको अवस्थाबारे जानकारी पाएपछि ‘झमक घिमिरे साहित्य प्रतिष्ठान’ निर्माण गरिएको जानकारी दिईन । “घिमिरेलाई मात्र नभई हामीले समाजका दुःख पाएका हरेक व्यक्तिलाई हाम्रो सामथ्र्यले भ्याएसम्म सहयोग गरिरहेका छौँ”, उनले बताईन।
विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री रहँदा घिमिरेका लागि घर बनाउने निर्णय गरिएको उनले बताईन । धनकुटा कचिँडेकी घिमिरे जन्मिँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित छिन । सोका कारण उनी बोल्न र हिँडडुल गर्न बन्चित छिन ।
साथै उनी खुट्टाको सहायताले लेखेर संवाद गर्छिन । खुट्टाका तीन औँला मात्रै चल्ने उनका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनले आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि केही वर्षअघि मदन पुरस्कार पाएकी थिईन।