काठमाडौं/ मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार जित्न सक्ने ७ उत्कृष्ट पुस्तकहरुको नाम सार्वजनिक गरेको छ ।यस वर्ष यिनै सात पुस्तकबाट एउटाले मदन पुरस्कार पाउनेछ ।
गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गरी ‘मदन पुरस्कार २०७६’ मा पर्न सफल सात पुस्तकको नाम सार्वजनिक गरेको हो ।
पुरस्कारका लागि २०७६ मा प्रकाशित जम्मा १सय ५१ पुस्तकहरु गुठीलाई प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ । प्राप्त १ सय ५१ पुस्तकमध्येबाट बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको थियो ।
मदन पुरस्कारको उत्कृष्ट सात पुस्तकमा विमल निभाको ‘जोकरको बन्दुक’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, तीर्थ श्रेष्ठको ‘ धर्सैधर्साको चक्रव्यूह’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १-३०)’, चन्द्रप्रकाश बानियाँको ‘ महारानी’, ललित विष्टको ‘ मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ पर्न सफल भएका हुन्।