काठमाडौं/ आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण पुस १४ र १५ मा हुने भएको छ। भर्चुअल रूपमा हुने फेस्टिभलमा दर्शकको उपस्थिति नहुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
पोखरामा हुने कार्यक्रममा पुस १३ गते शुभारम्भ साँझ हुनेछ। साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ।
फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहने तय भएको छ। फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुने व्यवस्था गरिएको छ। फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन्।