श्री सम्माननीय गृहमन्त्री ज्यू हजुरलाई मैले एउटा आम नेपाली नागरिक भएको हैसिएतले केही कुरा प्रष्ट र पथ प्रदर्शन गर्ने कुचेस्टा गरेको छु ।
सायद यस्तो कार्य गरेबाफत हजुरले मलाई दण्डित पनि गर्ने होला किनकी हजुरलाई थाहा छ पावर कसरी चलाउने र त्यसको पुर्ण प्रतिफल कसरी लिने भनेर ।तर मलाई त्यो कुरामा पनि कुनै डर चिन्ता छैन किनकी अहिले मृत्युसँग त हामी बाँच्ने भयौ तर हजुरहरुको कार्यले गर्दा हामी नेपाली जनता नेपाली भएर बाँच्न नपाउने अवस्था आयो ।
आज त्यही कुराको बिरोध गर्न नेपाली झण्डा बोकेर गएका नेपाली बिधार्थी हजुरको समर्थनमा निन्दनीय तरिकाले जसरी दमन गर्ने कुचेष्टा गरियो, हामी नेपाली जनताले अहिले आत्मग्लानि गरेको कुरा के हो भने हजुर त जनयुद्धमा लाग्नु भएको देश र जनताको लागी हैन त्यही कुर्सीको लागी हो ,यदी हजुर सांच्चिकै जनयोद्धा हो भने आज कसरी हजुरको आत्माले सहर्ष स्विकार्यो कि नेपाली झण्डाको बेवास्था गरि त्यो आन्दोलनलाई दमन गर्ने । सायद थाहा छैन होला यो आन्दोलन गर्ने युवाहरु कुनै पार्टीको व्यक्ति थिएनन्, यसमा त मात्र थिए नेपाली युवा, जसको माग एउटा मात्र छ एमसिसी खारेज गरियोस तर सबै कुराको बेवास्था गर्दै मात्र आफ्नो शक्ति प्रदर्शन गर्न यो कार्य गरेकोले धेरै चोट हाम्रो नेपाली जनताको मनमा परेको छ ।
हरेक कालो रात पछि सुनौलो बिहानी हुन्छ भन्ने कुरा हामीलाई थाहा छ त्यसैले तपाईहरुले गरेको हरेक गल्तिलाई हामी नेपाली जनताले एउटा सच्चिने अवसरको रुपमा प्रदान गरेको विस्वासको धागो आजबाट चुढीएको भान हामी नेपाली जनताले गरेका छौ । जति दमन गर्नुहुन्छ जति देशको झण्डाको अनादर गर्नुहुन्छ । त्यति नै झण्डा बोक्ने हाथ थपिदै जानेछन भोलिको दिनमा । हामी नेपाली आम जनताको साथ आज एमसिसीको बिरुद्धमा कडा आवाज उठाउने नेपाली आमाका छोराहरुको साथमा छ र रहि रहनेछ ।