अरुण सापकोटा
पशुपतिनाथले हामी सबैको रक्षा गरुन !
अहिले पनि हामी सबैको रक्षा पशुपतिनाथले गरि राख्नु भएको छ तर किन किन लाग्दै छ जसले हाम्रो रक्षा गरेको त्यसैको असुरक्षा हुने काम हामीले गरेका छौ । अब पशुपतिनाथको रक्षा हामी गरौ। किनकी त्यस क्षेत्रको विकास गर्न र संरक्षण गर्न बनाईएको पशुपति विकास कोष अहिले आफै भ्रष्टाचारमा लिप्त भएर त्यस पवित्र र आस्थाको धरोहरको रुपमा रहेको क्षेत्रलाई कुरुप बनाउने तिर हिडेको छ । पहिले पनि धेरै व्यक्तिहरु त्यस कोषको सदस्य सचिवमा नियुक्ति भएर न आएका हैनन् ।
सबै आए र आफ्नो कार्यकालमा केहि न केहि विवादस्पाद कार्य गरेर गए तर अहिले त्यस कोषको सदस्य सचिव भएर जानु भएका डा.प्रदिप ढकाल धेरै विवादस्पद हुनु भएको छ ।
सदस्य सचिव अहिले धेरै नै कठिन समस्यामा पर्नु भएको छ ऊहालाई त्यस वडा नं ८ मा बस्ने जनताले बिरोध प्रदर्शन गरेर राजिनामाको माग गरेका छन कारण हो नयाँ गुरु योजना सदस्य सचिवले कहिले पनि त्यस क्षेत्रमा जनप्रतिनिधि र वडा अध्यक्षसंग सरसल्लाह र समन्वय गरेको देखिदैन ।
यहि कारणले गर्दा अहिले त्यस क्षेत्रका जनताहरुले सम्पूर्ण कोषका सदस्य सचिव लगाएतको अकुत सम्पत्तिको बारेमा नेपाल सरकारले अनुसंन्धान समेत गर्नुपर्ने र कड़ाभन्दा कडा कारवाही गर्नुपर्ने माग समेत गरेका छन र विरोध प्रदर्शन गरेका छन ।
त्यस क्षेत्रका केहि बुद्धिजीवीहरुको भनाई अनुसार गुरु योजना भन्दै भ्रष्टाचार र अकुत संम्पति कमाउने कार्य भई रहेको छ तर राज्यको ध्यान त्यस क्षेत्रमा पुगेको छैन । नेपाल सरकारको झन्नै आधा बार्षिक बजेट बराबरको दान भेटी मित्र राष्ट्रका हिन्दु धर्मावलम्बीहरुले दान गर्ने गर छन तर त्यसको हिसाव किताव पनि राम्रो संग राख्ने नगरेको र धेरै हिनामिना गर्ने गरेको भनाईपनि छ ।
यसरी धर्मावलम्बीहरुको आस्थामाथि खेलबाढ गर्ने र अंकुत सम्पति कमाउने कार्य त्यस कोषका कर्मचारीहरुले गरि रहेका छन । यस्तो कार्य तुरुन्त रोकेर त्यस क्षेत्रका जनमानसको समस्याको संम्बोधन तुरुन्त गरिनुपर्छ।