बलिउड अभिनेता जिम्मी शेरगिल पक्राउ परेका छन् । उनलाई कोरोना प्रोटोकल उल्लंघनको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले जिम्मीसहित ४ जनालाई पक्राउ गरेको समाचारमा उल्लेख गरिएको छ । भारतिय समाचारका अनुसार प्रहरीले उनलाई पञ्जाबको लुधियानाबाट पक्राउ गरेको हो ।
दैनिक भास्करमा प्रकाशित समाचारअनुसार सुटिङमा माक्स नलगाई सुटिङ गरेको आरोप छ । प्रहरी अधिकारी मनिन्दर कौरले सुटिङस्थलमा भौतिक दुरी पालना नगरिएको सूचना सोमबार आएको बताए । उनले भनेका छन्,‘कसैले मास्क पनि नलगाएको सूचना पाएपछि एसीपी सेन्ट्रल वरियाम सिंहको नेतृत्वमा पुगेको प्रहरी टोलीले उनीहरुलाई दुई चिट काटेको थियो ।