बलिउड अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट सधैँका लागि बन्द भएको छ । आफ्नो नीति उलङ्घन गरेपछि
ट्विरले कंगनाको अकाउन्ट सधैँका लागि बन्द गरिदिएको हो ।
ट्विटरको यो कदमलाई लिएर अभिनेत्री कंगनाले अमेरिकाप्रति आक्रोश पोखेकी छन् । “ट्विटरले मेरो कुरा साबित गरिदिएको छ । गोरा अमेरिकीहरूले हामीजस्ता खैरो वर्णकाहरूलाई दास बनाउन खोज्छन् । हामी बोल्ने र सोच्ने हरेक कुरामा उनीहरू कन्ट्रोल चाहन्छन् ।