काठमाडौं/ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशको नामाकारण जातीय आधारमा नभएको भन्दै सहिदसँग माफी मागेका छन् ।
प्रदेश नम्बर ५ को नाम लुम्बिनी राखेकोमा असन्तुष्टि जनाउँदै उनले सहिदसँग माफी मागेका हुन् ।
भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै सहिदसँग माफी मागेका हुन् । उनले लेखेका छन्– हिजो मगरात तमुवान ताम्सालिङ नेवाः स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी गण्डकी वागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयोस्
'मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ ' सरी लली रोका,सुरेश वाग्ले।।१
सात प्रदेशमध्ये ५ वटा प्रदेशको नामाकरण भइसकेको छ । तर यी मध्ये कुनै प्रदेशको नाम पनि शहिदहरुको नाम बाट राखिएको छैन् ।