काठमाडौं/ मुलुकमा कोरोना संक्रमण तिव्र गतिले फेलिरहेको बेला एटिएमबाट निस्किने पैसा डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ ।
आज सार्वजनिक भएको मेसिनले नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दाबी छ ।
खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरूमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानीबाहेक अन्य घरायसी समग्री पनि डिसइन्फेक्सन गर्न सकिने कम्पनीको भनाई छ ।