काठमाडौं/ धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको मेचीनगरकी ७२ र सुनसरीको इनरुवाकी ४९ वर्षीया संक्रमित महिला रहेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु भएकि ७२ वर्षीय महिलामा कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ ।
त्यसतै सुनसरीको इनरुवाकी महिलामा मिगौलाको समस्या थियो ।
उनीहरुसहित अब बिपी स्वास्थ्य प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।