काठमाडौं/ प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफल गर्न बोलाइएको नेकपा ससंदीय दलको बैठक सकिएको छ। कडा सुरक्षा घेराबीच सोमबार बिहान नेकपा संसदीय दलको बैठक बसेको थियो। बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले राजधानीका बारेमा ब्रिफिङ गरेका थिए।
प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
‘बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने र राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गर्न लगाएका हुन् ।
अब केही बेरमा प्रदेशसभा बैठक बस्दै छ। बैठकस्थल बाहिर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रदेश ५ को राजधानी दाङको भालुवाङलाई प्रस्तावित गरिएको छ जसको विरुद्धमा बुटवलमा व्यापक प्रदर्शन भएको छ ।
सरकारको सो निर्णयले राप्तीवासी भने हर्षित भएका छन् ।