काठमाडौं/ आज काठमाडौं उपत्यकामा २ हजार २८३ नयाँ कोरोना संक्रमितहरु बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवत्ता जागेश्वर गौतमले सो जानकारी नियमित प्रेस ब्रिफिङमा दिएका हुन् ।
मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यसैगरि पछिल्लो २४ घण्टामा ४ हजार ४७ नयाँ कोरोना संक्रमितहरु थपिएका छन् , भने १ हजार ४७३ जना निको भइ घर फर्किएका छन्। यस दिन थप ९ जनाको कोरोनाबाट निधन भएको छ द।