काठमाडौ/लुम्बिनी प्रदेश सरकारले कोराना देखिएका र अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका सबै कोरोना संक्रमित बिरामीहरुको निःशुल्क उपचार गर्ने भएको छ।
मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लुम्बिनी प्रदेशका चारवटा कोरोना अस्पतालबाट कोरोना संक्रमितहरुको निःशुल्क उपचार गर्ने जानकारी गराएका हुन्।
‘सरकारले लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत राखेका छ’, मुख्यमन्त्री पोखरेलले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमित बिरामीको उपचार सरकारले नगर्ने निर्णय गरेपछि नागरिक स्तरबाट सरकारको चर्को आलोचना तथा विरोध हुँदै आएको छ।