काठमाडौ / नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल,लगायत सवार गाडी दुर्घटनामा परेको छ ।
अध्यक्ष पोखरेल संगै महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतम सवार गाडी तुलसीपुरमा दुर्घटनामा परेको महासचिव रोशन पुरीले जानकारी दिए ।
पुरीका अनुसार दुर्घटनामा परेका अध्यक्ष सहित सबैजना सकुशल छन् । दुर्घटनमा परी सामान्य घाइते भएका सुदीप गौतम पनि प्राथमिक उपचारपछि घर फर्किएको पुरीले बताए ।
पत्रकार सवार कारलाई अर्को रा १ च ९५५ नं को स्कारपियो गाडीले ठक्कर दिएको थियो ।