काठमाडौं/सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् । यसै गरी मासिक ३ हजार रहेको बृद्ध भत्ता पनि १ हजारले बढाएर ४ हजार पुर्याईएको छ।