बेलायती क्लब चेल्सीले युरोपेली फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
गए राति नेपाली समय १ बजे भएको फाइनल खेलमा चेल्सीले अर्को बेलायती क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेर दोस्रो पटक उक्त उपाधि जितेको हो ।
पोर्चुगलको पोर्टो सहरमा भएको हिजोको फाइनल खेलमा चेल्सीका लागि २१ वर्षीय जर्मन अट्याकिङ मिडफिल्डर काई हाबत्सले पहिलो हाफको ४२ औँ मिनेटमा गोल गरेका थिए ।
खेलमा थप कुनै गोल हुन नसके पछी र खेल चेल्सीले १-० गोल अन्तरले जितेको हो ।
सात पटक इंग्लिस प्रेमिएर लिग जितेको म्यानचेस्टर सिटीले अहिले सम्म युएफा च्याम्पियन्स लिगको उपाधि जितेको छैन भने चेल्सीले सन् २०१२मा पनि उक्त उपाधि जितेको थियो ।